
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा संघीय संसदको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।
राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा संघीय संसदको चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसदको संयुक्त बैठकलगायतका विषयमा छलफल भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij