
Apr 17 2025 | २०८२, वैशाख ४ गते
ललितपुर । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुरको सुनाकोठीबाट राईलाई ठगी मुद्दामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राई मुछिएका छन् । सरकारी वकिलको कार्यालयबाट उनीविरुद्ध वारेन्ट जारी भएको थियो । नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा राई सल्लाहकार रहेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij