Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपाले गठन गर्याे विभाग, कसलाई कुन विभाग ?

रास्वपाले गठन गर्याे विभाग, कसलाई कुन विभाग ?

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभागहरू गठन गरेको छ । पार्टी प्रवक्ता मुकुल ढकालले सोमबार बसेको केन्द्रीय समितिको बैठकले ३६ वटा विषयगत विभाग गठन गरेको जानकारी  दिए । बैठकले महामन्त्री डा. मुकुल ढकाललाई नीति तथा विचार विभाग र प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई संगठन विभाग, विपीन आचार्यलाई अभियान तथा प्रचार प्रसार विभाग, शिशिर खनाललाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, डीपी अर्याललाई प्रवास नेपाली सम्पर्क विभाग, कुसुम महर्जनलाई मानवीय प्रबर्द्धन विभाग, दीपक बोहोरालाई जनसम्पर्क विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

    AGNI GROUP

    बैठकले डा. स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ । त्यस्तै कानुन तथा न्याय विभागमा सोविता गौतम, मानव अधिकार विभाग प्रमुखमा सन्तोष परियार, युवा तथा खेलकुदका साथै स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी डा. तोसिमा कार्कीले पाएकी छन् । भ्रष्टचार निवारण तथा सुशासन प्रबर्द्धन विभागको जिम्मेवारी सांसद हरि ढकालले पाएका छन् ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij