Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रधानमन्त्रीद्वारा मौलाकाली केबलकारको उद्घाटन

प्रधानमन्त्रीद्वारा मौलाकाली केबलकारको उद्घाटन

  • काठमाडौँ । पूर्वी नवलपरासीको गैंडाकोटस्थित प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरका दर्शनार्थीलाई सुविधा दिने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण गरिएको मौलाकालिका केबलकारको उद्‍घाटन गरेका छन् ।

    images
    images
    images

    आइएमई ग्रुपले सञ्चालनमा ल्याएको मौलाकाली केबलकारको दूरी गैडाकोट-१ देखि मौलाकाली मन्दिरसम्म १२ सय मिटर रहेको छ । सो केबलकारमा दुईवटा सामान बोक्नेसहित १४ वटा डब्बा रहेका छन् भने ६ वटा स्टेसन टावर राखिएको छ ।

    प्रधानमन्त्री प्रचण्डले केबलकार उद्‍घाटन गर्दै यस क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन विकासमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  पुत्रीद्वय रेणु र गंगा दाहाल, उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालसँगै प्रधानमन्त्री प्रचण्डलेकेबलकारको यात्रा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij