
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएको सो पार्टीले जनाएको छ ।
उक्त पार्टीको संसदीय दलको बैठक सोमबार बस्ने र बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिए ।
यही वैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट सभापति लामिछाने निर्वाचित भएसँगै शुक्रबार शपथ दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij