
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडाैं । गण्डकी प्रदेशमा आज (बिहीवार) नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारामा २ बमोजिम आज दिउँसो ४ बजेसम्म मुख्यमन्त्री नियुक्तिको समय दिएका छन्।
गण्डकी प्रदेश प्रमुख कार्यालयका अनुसार काँग्रेसका सुरेन्द्रराज पाण्डेलाई प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्री नियुक्त गर्दैछ। पाण्डे काँग्रेस संसदीय दलका नेता हुन् ।
पाण्डे माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन्। केन्द्र सरकारमा सत्तासमिकरण बदलिएपछि गत ९ बैशाखमा एमालेका मुख्यमन्त्री खगराज अधिकारीको सरकार ढलेको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij