Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

  • काठमाडौँ । वीरगञ्जमा नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । महानगरपालिका-१२ स्थित सडकबाट फेनारगन १ हजार ४ सय एम्पुल, डाईजेल्याब १ हजार ४ सय एम्पुल र नुर्फिन १ हजार ४ सय एम्पुलसहित एक जनालाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ । 

    images
    images
    images

    पक्राउ पर्नेमा सोही महानगरपालिका-१६ बस्ने २५ वर्षीय बब्लु पाठक रहेका छन् । भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१ ज २०३७ नम्बरको टाटा सुमो गाडीको ईन्जिन माथिको बर्नटको दुबैपट्टीको भागमा कालो प्लाष्टिकमा १४ पोका बनाई लुकाई छिपाइ ल्याइएको थियो । 

    वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले सोही टाटा सुमो चेक जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी गाडीका चालक पाठकलाई पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij