
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । झापा, चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-१ बस्ने २१ वर्षीय महमद ईवरान सेख रहेका छन् ।
२०७८ पुस २२ गते जिल्ला अदालत झापाले उनलाई चोरी मुद्दामा २ महिना ५ दिन कैद र ३ हजार रूपैयाँ जरीवाना सजाय ठहर गरेको थियो । सो फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले बिर्तामोड नगरपलिका-१ अतिथि सदन छेउबाट पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij