
Apr 12 2025 | २०८१, चैत ३० गते
अमेरिकाको ओहायोमा उडिरहेको एक विमानमा साेमबार आगो लागेको छ । ओहायोको जोनग्लेन कोलम्वस अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमबार बिहान फोनिक्सका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १९५८ नम्बको बोइन ७३७ विमानमा आगो लागेको हो ।
उडेको केही मिनेटमै चरासँग ठोक्किएको विमानमा आगो लागेको थियो । विमानमा आगो लागेपछि चालकले विमानलाई सोही विमानस्थलमा सुरक्षित रुपमा अवतरण गराएका छन् । सुरुमा विमानको इन्जिनमा आगो लागेको आशंका गरिएकोमा एयरलाइन्सले इन्जिनमा आगो लागेको नभई चरासँग ठोक्किएका कारण आगो लागेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij