
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा केही बेरअघि बैठक सुरु भएको हो ।
बैठकमा आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे छलफल गरिने बताइएको छ । आर्थिक अवस्था जटिल रहेको अवस्थामा कस्ता विषयलाई बजेटमा प्राथमिकता दिने भन्ने बारेमा पार्टीले विज्ञहरुलाई राखेर सुझाव र सल्लाह लिने योजनासहित बैठक बसेको हो ।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा. प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मा लगायत सांसदहरुको उपस्थिति रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij