
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले परराष्ट्रमन्त्री एनपी साउदलाई बधाई दिएकी छन् । परराष्ट्र मन्त्रालयमा राजदूत पोलिटले भेट गरी मन्त्री साउदलाई बधाई दिएकी हुन् ।
मन्त्रालयका अनुसार सो भेटमा उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन र आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको छ । हालै परराष्ट्रमन्त्री नियुक्त भएका साउदसँग भारत, अमेरिकालगायत देशका राजदूतले भेटेरै बधाई दिइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij