
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१४ का २१ वर्षीय दिपेन्द्र नेपाली रहेका छन् ।
गत बैशाख ४ गते ती किशोरीलाई दिपेन्द्रले सोही उपमहानगरपालिका–१३ फुलबारीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। पीडितको जाहेरीपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो दिउँसो नियन्त्रणमा लिएको बताइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij