Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

स्रोत नखुलेको रकमसहित एक युवक पक्राउ

स्रोत नखुलेको रकमसहित एक युवक पक्राउ

  • काठमाडौँ । स्रोत नखुलेको रकमसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ३२ वर्षीय छठु महतो रहेका छन् ।

    images
    images
    images

    वीरगंज महानगरपालिका-११ स्थित सडकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित महतोलाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले विषेश सूचनाको आधारमा प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार महत्तोलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

    बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई उनीविरुद्ध थप अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij