
Apr 07 2025 | २०८१, चैत २५ गते
बेइजिङको एक अस्पतालमा भएको भिषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ । चांगफेंग अस्पतालमा भएको सो आगलागीबाट १७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।
आगलागी के कसरी भएको हो, सो बारेमा प्रहरीले जानकारी दिएको छैन । अस्पतालमा आगलागी सुरु भएपछि कोही झ्यालमा त कोही एअर कन्डिसन माथी बसेर उद्धारका आशा गरिरहेका दृश्यले अवस्था निकै भावुक बनाएको न्युयोर्क टाइम्सले जनाएको छ ।
उनीहरु उद्धारका प्रतिक्षामा कोही रोइरहेका र कोही माथिल्लो तल्लावाट हाम फालिरहेका थिए । जीवितै उद्धार गरिरहेका तथा घाइतेहरुलाई नजिकैको अर्को अस्पतालमा उपचार गराईएकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij