
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौैँ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी बर्दिवास नगरपालिका-५ बस्ने २९ वर्षीय कूलबहादुर विक रहेका छन् ।
ती किशोरीलाई कूलबहादुरले झापा मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारस्थित होटलमा गत चैत ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij