Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुने

सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुने

  • बझाङ । जिल्लामा मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुनेभएको छ । यसका लागि जिल्लास्थित सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम समेत  गरिएको छ ।

    images
    images
    images

    सुदूरपश्चिम प्रदेशमा विभिन्न कारणले मातृ मृत्युदर बढी रहेको जनाइएको छ ।  कार्यक्रमले घर, बाटो र स्वास्थ्य संस्थामा हुने मातृ तथा नवजात शिशु मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको जनाइएको छ । 

     जिल्लामा गत आव २०७६÷७७ मा मातृ मृत्युदर शून्य रहेको बताइएको छ ।  नवजात शिशु मृत्यु २६ जना रहेको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले गर्भवती आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्न कार्यक्रमले ध्यान दिने बताउनुभयो । 

    बुंगल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले सुरक्षित मातृत्व कार्यक्रमलाई नगरपालिकाले ध्यान दिएको जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले महिलाको स्वास्थ्य सुधारमा सामूहिक प्रयत्नको खाँचो औल्याउनुभयो । कार्यक्रममा परिवार नियोजन निरीक्षक डिल्ली जोशीले गर्भवती र नवजात शिशुको स्वास्थ्य सुधार गर्न कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij