
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० न्यूरेनीबाट लागूऔषध सहित तीन युवा पक्राउ परेका छन् । लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित ती युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय होम बहादुर थापा मगर, २७ वर्षीय अनिल मोक्तान र हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय रोहित राना मगर रहेको जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ३५० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij