
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राई रहेका छन् ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ हैबुङ घर भई काठमाडौं थली बस्ने कृष्ण बहादुर तामाङको बागमती प्रदेश ०२-०१५ प १७७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरी दर्ता भएको थियो ।
सोही आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पीडित सहायता ईकाइबाट खटिएको ट्राफिक प्रहरीले राईलाई काठमाडौं लोलाङ हाइटबाट फेला पारी पक्राउ गरेको हो ।
राईले उक्त मोटरसाइकलमा नम्बर प्लेट नराखी चलाइरहेका थिए । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्जमा पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij