Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

रास्वपाको बैठक सर्यो

रास्वपाको बैठक सर्यो

  • काठमाडाैं । सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले बोलाएको केन्द्रीय समितिको बैठक सारिएको छ । बिहान ९ बजे केन्द्रीय कार्यालयमा बोलाइएको बैठक दिउँसो २ बजेलाई राखिएको बताइएको छ ।

    images
    images
    images

    मेडिकल बिचौलिया दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको टेलिफोन वार्ता बाहिर आएपछि सांसद श्रेष्ठ र रवि लामिछाने अप्ठेरोमा परेका छन् । आफूमाथि कारबाही गरे लामिछानेको कोर टिमबारे छताछुल्ल पार्ने चेतावनी श्रेष्ठले दिएका छन् । 

    हिजो उनीसङ्ग पार्टीको अनुशासन तथा आचरण समितिले बयान लिएको थियो । सोही क्रममा श्रेष्ठले लामिछानेको कोर टिमबारे सबै कुरा बाहिर ल्याइदिने बताएका छन् । श्रेष्ठलाई सांसद र पार्टी सदस्यबाट हटाउन सिफारिस गरिएको एक जना नेताले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij