Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

५० ब्रोकर कम्पनीको सिन्डिकेट तोडिने

५० ब्रोकर कम्पनीको सिन्डिकेट तोडिने

  • काठमाडौं । धितोपत्र बजारमा विद्यमान ५० वटा ब्रोकर कम्पनीको एकाधिकार तोडिने भएको छ । नेपाल धितोपत्र बोर्डलाई नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरणका लागि सर्वोच्च अदालतले बाटो खोलेपछि एकाधिकार तोडिन लागेको हो ।

    images
    images
    images

    नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न धितोपत्र बोर्डका नाममा आदेश माग गर्दै परेको रिट सर्वाेच्च अदालतको संयुक्त इजलासले खारेज गरेपछि नयाँ लाइसेन्सका लागि बाटो खुलेको हो ।

    अधिवक्ता दिपकविक्रम मिश्रले दायर गरेको रिटमाथि अनिलकुमार सिन्हा र सुष्मालताले सुनुवाइ गर्दै खारेज गरिदिएको हो । यसअघि यही मुद्दामा ४ कात्तिकमा सर्वोच्च अदालतले तत्काल नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij