Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्दालाई जिल्ला अदालत काठमाडौँले आज प्राथमिकतामा राखेको छ ।
लामिछानेको मुद्दाको फैसला गरेका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा गत बुधवार सुनुवाइ हुने तय भए पनि कानुन व्यवसायीको अनुरोधमा रोकिएको थियो। पुनः सुनवाइका लागि पेशी तोकिएको भए पनि समयसिमा अभावका कारण गत बिहीबार सुनवाइ हुन सकेको थिएन ।
सर्वोच्च अदालतले सो मुद्दाको चाँडो किनारा लगाउनका लागि निर्देशन दिए अनुसार आजै फैसला आउन सक्ने सम्भावना रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij