
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्मा राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् ।प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०७९ माथिको दफावार छलफल सदनमा छलफलको लागि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रस्तावमाथि दफावार छलफलपछि बैठकमा निर्माणार्थ प्रस्तुत गरिने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij