Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बार्सिलोनाको फराकिलो जित

बार्सिलोनाको फराकिलो जित

  •  शीर्षस्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रेलिगेसन जोनको पुछारमा रहेको इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो ।

    images
    images
    images

    बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । अन्सु फाती र फेरान टोरेसको नाममा एक एक गोल रह्यो । खेलको २० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ५६ औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई दोब्बरअग्रता दिलाए ।

    ६६ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । त्यसपछि ७० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए । जितसँगै बार्सिलोनाको २७ खेलबाट ७१ अंक पुगेको छ । पराजित इल्चे १३ अंक जोडेर पुछारमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij