
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाली कांग्रेसका चार जनाले मन्त्रीको सपथ लिने भएका छन् । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका चार मन्त्रीले शपथ लिन लागेका हुन् ।
उपसभापति खड्कासहित डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङले मन्त्रीको शपथ लिने बताइएको छ । महतले अर्थ, खड्काले उपप्रधानसँगै रक्षा, रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति र गुरुङले सहरी विकास मन्त्रीको शपथ लिने तय भएको छ ।
अर्थ मन्त्रालयमा सपथको लागि खबर आएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले खबरहबसँग पुष्टि गरे।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij