Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

कांग्रेसको बैठक आज बस्दै

कांग्रेसको बैठक आज बस्दै

  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान ११ बजे कार्यसम्पादन समिति बैठक बस्ने तयारी छ ।

    images
    images
    images

    एक पदाधिकारीले सरकारमा जाने मन्त्रीहरू छान्ने र उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने बारे कार्यसम्पादन समिति बैठकमा छलफल गरिने बताए । उपनिर्वाचनका लागि यही चैत २० मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

    उपप्रधानमन्त्रीसहित कांग्रेसले ८ मन्त्री पाउने भएको छ । योग्यता, क्षमता, प्रादेशिक सन्तुलन र समावेशी सिद्धान्तसमेत ख्याल गर्दै मन्त्री छान्ने मापदण्ड यसअघि नै बनेको थियो । सोही आधारमा आज मन्त्री छान्ने तयारी छ ।

    उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागि हुने कांग्रेसले तयारी गरेको छ । दलहरूले आज प्रधानमन्त्री दाहाललाई मन्त्रीको नाम बुझाएमा आज बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुने सम्भावना छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij