Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुरमा होस्टल व्यवसायी संघ गठन

ललितपुरमा होस्टल व्यवसायी संघ गठन

  • ललितपुर । ललितपुरमा होस्टल व्यवसायी संघको कार्यसमिति गठन भएको छ । सन्तोष दाहालको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन भएको हो । दाहालको नेतृत्वमा उपाध्यक्षमा धनकुमारी राई, सचिवमा सविता थापा र कोषाध्यक्षमा मधुसुदन कँडेल रहेका छन् ।

    images
    images
    images

    साथै, संघको ललितपुर कार्यसमितको सदस्यहरुमा संगिता बाटाजु, जुनु ताम्राकार, सन्तोष न्यौपाने रहेका छन् ।

    images

    संघको नेतृत्व लिएका दाहालले शपथ ग्रहणसँगै ललितपुरमा होस्टल संचालकहरुको सुखदुःखमा सँगसँगै रहेर एकताबद्ध हुने घोषणा गर्नुभयो ।

    संघको कार्यसमिति गठन कार्यक्रममा संस्थापक अध्यक्ष चेतन दाहाल, केन्द्रिय अध्यक्ष रेवती कुमार खड्का, वरिष्ठ उपाध्यक्ष रुपाली पौडेल, उपाध्यक्षद्धय अल्पना कर्माचार्य र अम्बिका कोइराला, महासचिव किरण शर्मा, सचिव हिरामणि गौतम, कोषाध्यक्ष देवराज कँडेल र सदस्यहरुमा बालकृष्ण गौतम, महेश्वर सापकोटा, विन्दिरा न्यौपाने, अशोक मल्ल र उद्धव शर्मालगायतको उपस्थिती थियो ।

    काठमाडौं जिल्ला अध्यक्ष नविन कोइरालासहित सिंगो कार्यसमितिको उपस्थितीले कार्यक्रम भब्य बनेको उपाध्यक्ष हिक्मत बहादुर थापाले बताउनुभयो ।

    images

    काठमाडौं र ललितपुरका होस्टल व्यवसायीहरुको उल्लेखनीय उपस्थिती रहेको कार्यक्रममा केन्द्रिय सल्लाहकारद्धय मदनकुमार पौडेल र सुनिल भेटवालको उपस्थिती थियो । 

    No description available.

    ललितपुरमा संघको कार्यसमिति गठनसँगै होस्टल व्यवसायलाई एकरुपता बनाएर मर्यादित होस्टल संचालन नै पहिलो प्राथमिकतामा परेको केन्द्रकी पूर्वउपाध्यक्ष सुनिता बाटाजुले बताउनुभयो ।

    संघको नवनिर्वाचित कार्यसमितिलाइ ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र प्रहरी प्रमुख सिद्धिविक्रम शाहले कार्यकालको शुभकामना दिँदै ललितपुरमा संचालित होस्टल व्यवसायलाई मर्यादित र एकताबद्ध बनाएर अघि बढ्न सुझाव दिनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij