
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौँ । चार वटा सवारी साधन एकआपसमा ठोक्किएर ८ जान घाइते भएका छन् । काठमाडौंको चप्पल कारखानास्थित चक्रपथमा सवारी साधन एकआपसमा ठोकिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले बिहीबार एउटा कारले तीन वटा मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ८ जना घाइते भएकाे जानकारी दिए ।
घाइतेका एक जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अरूलाई ह्याम्स अस्पताल लगिएको उनले जानकारी दिए । दुर्घटनामा अरू सवारी साधनमा पनि क्षति भएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij