Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय

रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको राहदानी किर्ते मुद्दाको प्रक्रिया अघि नबढाउने निर्णय जिल्ला सरकारी वकिल कार्यालयले गरेको छ । प्रहरीको रायसहितको प्रतिवेदन अनुसार सरकारी वकिल कार्यालयले मुद्दा चलाउने आधार नभएको निर्णय गरेको हो । 

    images
    images
    images

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले विभिन्न आधार र कारणले मुद्दा अघि नबढाउने निर्णय भएको बताउनुभयो । निर्णयको जानकारी उच्च सरकारी वकिल कार्यालयमा पठाइएको छ ।

    उच्च सरकारी वकिल कार्यालयले जिल्लाको निर्णय सदर वा बदर गर्न सक्नेछ । उच्चले पनि जिल्लाकै निर्णय सदर गरेमा महान्यायाधिवक्ताको कार्यालयमा पठाइनेछ । अन्तिम निर्णय महान्यायाधिवक्ता कार्यालयबाटै हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij