Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मुर्ति चोरेको आरोपमा एक जना पक्राउ

मुर्ति चोरेको आरोपमा एक जना पक्राउ

  • काठमाडौँ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट मुर्ति चोरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    ढल्कु पोडेटोल बस्ने दोलखा भिमसेनथान घर भएकी तेस्रो लिङ्गी २८ वर्षीया कुमारी तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङलाई सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ति चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । 

    AGNI GROUP

    प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उक्त मूर्ति चोरी भएको भन्ने उजुरीको आधारमा तामाङको कोठा तलासी गर्ने क्रममा सो मन्दिरबाट चोरी भएको सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ति एक थान, विभिन्न देवी देवताको आकृती भएको ढुंगाको मूर्ति २४ थान, धातुको मूर्ति २९ थान र धातुको त्रिशुल एक थान फेला पारी उनलाई पक्राउ गरेको हो ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij