
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । गौरादहमा कौडा खेलिरहेको तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह नगरपालिका १ गौरादह बजारस्थित घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ३ बस्ने ३३ वर्षीय रुद्र भण्डारीसमेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले कौडा खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई ४५ हजार ९ सय ४५ रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij