
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक सकिएको छ । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ ।
विश्वासको मत दिएरै सरकारमा जाने निर्णय भएको बताउँदै महतले पार्टीबाट सरकारमा जानका लागि विभिन्न मापदण्ड रहेकाले सोही अनुसार नेतृत्वले चयन गर्ने पनि बताए ।
यसअघि कांग्रेसले प्रतिपक्षमै भएर पनि विश्वसासको मत दिएको थियो भने यसपालि विश्वासको मत दिएर सरकारमा जाने बताएसँगै प्रतिपक्षको कुर्सी पनि छाड्ने छ । आजको प्रतिनिधि सभा बैठकबाटै सत्तापक्षको बेन्चमा बस्ने महतले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij