Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

मोटरसाइकलको ठक्करबाट ललितपुरमा एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट ललितपुरमा एक जनाको मृत्यु

  • काठमाडौं । ललितपुरको ग्वार्कोचोकमा शनिबार बेलुकी मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

    images
    images
    images

    ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिनाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । गम्भिर घाइते भएका उनको उपचारको क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक धादिङको धुनीबेशी नगरपालिका–७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ । प्रहरीका अनुसार वाग्मती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij