Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

नक्कली नोटको कारोबारमा संलग्न २ जना पक्राउ

नक्कली नोटको कारोबारमा संलग्न २ जना पक्राउ

  • काठमाडौँ । नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । रामेछाप खाँडा देवी गाउँपालिका-८ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका-७ घर भई हाल काठमाडौं सतुङगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्कीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १ हजार दरको नक्कली नोट ६ सय ३६ थान र नोटको साईजमा काटेको कागजको बण्डल ९ थानसहित उनीहरुलाई कालोपुलबाट पक्राउ गरेको हो । 

    थप अनुसन्धान एवं कारबाहीको लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij