
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तय गरेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित गरेको छ । उपराष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्नेबारे निर्णय गर्न बिहान ११ बजेका लागि रास्वपाले बैठक डाकेको थियो ।
रास्वपा प्रवक्ता मुकुल ढकालले निर्वाचन आचारसंहिताका कारण बैठक स्थगित गरिएको बताए । निर्वाचन आयोगले मौन अवधि सुरू भइसकेको भन्दै बिहीबार बैठक राखेर पक्ष-विपक्षमा नखुल्न दलहरूको ध्यानाकर्षण गराएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij