Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इबोलाको खोजी गर्ने वैज्ञानिकको चेतावनी – नयाँ रोग ‘Disease X’ का लागि तयार हुनुहोस्

इबोलाको खोजी गर्ने वैज्ञानिकको चेतावनी – नयाँ रोग ‘Disease X’ का लागि तयार हुनुहोस्

  • काठमाडौं । संसार यतिबेला कोरोनाभाइरससँग जुधिरहेको छ र थुप्रै देशमा यो विरुद्ध खोप अभियान सुरु गरिएको छ । यसैबीच खतरनाक इबोला भाइरसको खोजी गर्ने वैज्ञानिकले संसार चाँडै नै नयाँ रोगका लागि पनि तयार हुनुपर्ने चेतावनी जारी गरेका छन् । वैज्ञानिक जीन–ज्याक्स मुयेम्बेले तामफूमले सीएनएनसँगको कुराकानीमा ‘डिजिज एक्स’ रोग संसारको विभिन्न हिस्सामा रहेको र कंगोमा यसबाट सम्भावित पीडित मानिस भेटिएको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    प्राध्यापक जीनले यसलाई हाल ‘डिजिज एक्स’ नामाकरण गरेका छन् र यो निकै घातक साबित हुने  जानकारी पनि दिएका छन् । जिनले भने, ‘आज हामी यस्तो दुनियाँमा छौं जहाँ नयाँ भाइरस बाहिर आउनेछन् र यी भाइरस मानवताका लागि खतरा बन्नेछन् ।’ उनका अनुसार यो भविष्यमा निम्तिने महामारी कोरोनाभाइरभन्दा बढी खतरनाक हुनेछन् र यसले थप विध्वंस मच्चाउनेछ ।

    AGNI GROUP

    कंगोको इगेन्डेमा एक महिलामा रक्तश्रावका साथै ज्वरो देखिएको थियो । यी बिरामीको इबोला परीक्षण गराइयो तर त्यो नेगेटिभ आयो । डाक्टरलाई उनी ‘डिजिज एक्स’ की पहिलो बिरामी त होइनन् भन्ने डर छ । उनले नयाँ भाइरस कोरोनाजस्तै तीब्र रुपमा फैलिने तर यसको मृत्युदर इबोलाभन्दा ५० देखि ९० प्रतिशत बढी भएको जानकारी दिएका छन् । 

    डब्ल्यूएचओले हाल ‘डिजिज एक्स’ लाई काल्पनिक बतायोः

    विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० का अनुसार डिजिज एक्स अहिले एक परिकल्पना हो तर यदि दाबी गरेअनुसारको रोग साँच्चै नै देखिए यसलाई संसारभरी फैलनबाट रोक्न निकै गाह्रो हुनेछ । प्राध्यापक जीनले नै पहिलोपटक रहस्यमय भाइरसद्वारा पीडित बिरामीको रगतको नमूना लिएका थिए जसलाई पछि इबोला नाम दिइयो । इबोला भाइरसबारे पहिलोपटक पत्ता लागेपछि यामबूकू मिशन अस्पतालमा ८८ प्रतिशत बिरामी र ८० प्रतिशत कर्मचारीको मृत्यु भयो । इबोलाद्वारा पीडित बिरामीको रक्तश्राव हुन थाल्छ र बिरामीको मृत्यु हुन्छ । एक्स यहाँ अनिश्चितताका लागि प्रयोग गरिएको छ । 

    ती महिलाको उपचारमा संलग्न डाक्टर दाडिन बोङकोलेले भने, ‘हामी सबै डराउनुपर्ने स्थिती आएको छ । इबोलाबारे थाहा थिएन, कोभिडबारे पनि थाहा थिएन । अब हामी नयाँ रोगका लागि डराउनुपर्छ ।’  

    जनावरबाट फैलिरहेका छन् ठूला रोगः

    बेलायतको एडिनबर्ग विश्वविद्यालयको शोध अनुसार हरेक तीनदेखि चार वर्षको अन्तरातमा एक नयाँ भाइरस संसारमा देखिइरहेको छ । विश्वविद्यालयका प्राध्यापक मार्क वूलहाउसका अनुसार धेरैजसो भाइरस पशुबाट आइरहेका छन् । वैज्ञानिकले यदि जंगली जनावरलाई मारिएको खण्डमा इबोला र कोरोनाजस्ता महामारीले प्रश्रय पाउनेछ । उनका अनुसार ऊहानजस्तो वेट मार्केटमा राखिएका जिउँदा जनावर यसका ठूला खतरा हुन् र यी जनावरमध्ये कुनै भित्र ‘डिजिज एक्स’ महामारी हुनसक्छ । वैज्ञानिकले पहिला पनि यस्तो प्रकारका जिउँदा जनावरको बजारलाई मानिसमा फैलने रोग जस्तै फ्लू र सार्सका लागि जिम्मेवार बताएका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट