Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

दूधको मूल्य लिटरमै ११ रुपैयाँ वृद्धि

दूधको मूल्य लिटरमै ११ रुपैयाँ वृद्धि

  • काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा बिहीबारदेखि लागू हुने गरी डीडीसी ले दूधको मूल्य बढाएको हो ।

    डीडीसीले दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरेको छ । गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो ।

    ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्‍याएको थियो । त्यसको एक सातापछि २५ फागुनमा निजी क्षेत्रका डेरी उद्योगहरुले दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij