
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । अवस्था ठिक नभएका सवारी चलाउने १० जना चालक कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्गलवार कीर्तिपुरमा गरेको यान्त्रिक परीक्षणमा हेण्ड ब्रेक नभएका, लाइट दुरुस्त नभएका र टायर धेरै घिस्रिएका सवारी चलाउने चालकलाई कारबाही गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले १ सय वटा सवारी चेकजाँच गर्दा दश वटा सवारी साधनमा समस्या देखिएको जनाए ।
एसएसपी भट्टका अनुसार सवारी साधन मर्मत गरेपछि जरिवाना तिरेर सम्बन्धित चालकलाई कागजात फिर्ता दिइनेछ । भदौ १५ देखि ट्राफिक प्रहरीले अभियानको रूपमा यान्त्रिक परीक्षण गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij