
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । झापामा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले मृत्यु हुनेमा भद्रपुर नगरपालिका-३ स्थित भैंसाबाडी निवासी ४० वर्षीय रामकुमार लिम्बू रहेका जनाएको छ ।
आइतबार दिउँसो घर नजिकैको पोखरीमा माछा मर्ने क्रममा लिम्बू डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । पछि स्थानियबासी र प्रहरी टोलीले खोजी गर्ने क्रममा उनी मृत फेला पारेका थिए ।
उनको शवलाई कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम पश्चात परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij