
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । आठ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ । सो बैठक दिउँसो २ बजेदेखि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा राष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको छ ।
माओवादी केन्द्रका तर्फबाट महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र जनमत पार्टीबाट अब्दुल खाँ उक्त कार्यदलमा रहेका छन् ।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् । राष्ट्रपति निर्वाचनमा गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij