
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । धुलिखेल नगरपालिका-३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । सोही नगरपालिका-५ बस्ने २७ वर्षीय महेन्द्र दाहाल समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट नगद १ लाख ७३ हजार ३२ रुपैयाँ र १६ थान कौडा बरामद भएको प्रहरीले जनाएको छ । ग्रेस होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij