Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

  • काठमाडौं । काठमाडौंको कोटेश्वरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । पछाडि सवार १ जना घाइते भएकी छन् ।

    images
    images
    images

    मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका ५ का ४२ वर्षीय मधुकर बाला रहेका छन् । गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो ।

    घाइते भएकी मोटरसाइकलमा पछाडि सवार ललितपुरको इमाडोल बस्ने २२ वर्षीया स्नेहा रानाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रदेश ३०२००९ प ७००६ नम्बरको मोटरसाइकल सोमबार राति साढे १ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij