
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ सिंखुलाबाट प्रहरीले अवैध लागूऔषध गाँजा करिब १ सय ६ केजी बरामद गरेको छ । गएराति प्रहरीको गस्ती टोलीले सो गाँजा बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीलाई देख्नासाथ को.१ ज १८११ नम्बरको पिकअप गाडी चालकले गाडी छाडी फरार भएपश्चात गाडी जाँच गर्नेक्रममा पिकअपमा लोड गरी राखेका सो गाँजा प्रहरीले बरामद गरेको हो ।
चार वटा बोराभित्र रहेको सो गाँजा प्रहरीले फेला पारी बरामद गरी हाल फरार पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij