Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

हातपात र लुटपाटमा विप्लवका केन्द्रीय सदस्य संलग्न, तीन जना पक्राउ

हातपात र लुटपाटमा विप्लवका केन्द्रीय सदस्य संलग्न, तीन जना पक्राउ

  • काठमाडौँ । लघुवित्त संस्थाका कर्मचारीमाथि हातपात र लुटपाट गरेको आरोपमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य प्रक्राउ परेका छन् । सोही आरोपमा उनीसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    भेरी नगरपालिका–११, जाजरकोटमा रहेको एनआईसी लघुवित्तका कर्मचारीमाथि उनीहरुले हातपात र लुटपाट गरेको जनाइएको छ । पक्राउ पर्नेमा केन्द्रीय सदस्य तथा  जिल्ला इञ्चार्ज बलबहादुर मल्ल, सेक्रेटरी विराजन शाही र सचिवालय सदस्य कर्णबहादुर बस्याल रहेका छन् । 

    सदरमुकामबाट गए राति उनीहरुलाई गिरफ्तार गरिएको प्रहरीले जनाएकाे छ । उक्त लघुवित्तको कार्यालयमा कर्मचारीहरुमाथि पार्टीको निर्देशनमा हिजो दिउँसो जनकारबाही गरिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij