
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । भारतमा खाना पकाउने एलपी ग्यासको भाउ बढाइएको छ ।
भारतीय सञ्चारमाध्यामले १४ दशमलव २ किलोग्रामको घरेलु ग्यास सिलिण्डरको भाउ ५० रुपैयाँ बढेको जनाएका छन्। सोहीअनुसार ग्यासको मूल्य प्रतिसिलिण्डर ११ सय ३ रुपैयाँ पुगेको छ ।
त्यस्तै व्यापारिक प्रयोजनमा प्रयोग हुने १९ किलोग्रामको सिलिण्डरमा ३५० रुपैयाँ वृद्धि गरेको जनाइएको छ । यससँगै व्यापारिक प्रयोजनको सिलिण्डरको भाउ २ हजार ११९ रुपैयाँ पुगेको छ । तोकिएको मूल्य बुधबारदेखि नै लागू हुने समाचारमा उल्लेख छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij