
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेका निवदनमा सुनुवाई सकिएको छ । लामिछानेका कानुन व्यवसायी अधिवक्ताले सुनुवाई सकिएसँगै न्यायाधीशहरु आदेश आजै जारी गर्ने तयारीमा रहेको जानकारी दिएका छन् ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र रोशनी पौडेल घिमिरेले बहस गरेका हुन् । सर्वोच्च अदालतमा लामिछानेको तर्फबाट आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न यूएई जान पाउनु पर्ने मागको निवेदन परेको थियो भने सरकारी वकीलले लामिछानेलाई थुनामै राख्नु पर्ने माग गर्दै निवेदन दायर भएको थियो ।
उच्च अदालत पाटनले भने लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो । रिहाई पछि काठमाडौंमा आयोजित विभिन्न क्रिकेट खेलमा सन्दीप सहभागी भएका थिए । उच्च अदालतले देशबाहिर नजाने शर्तमा लामिछानेलाई धरौटीमा रिहा गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij