
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले उपयुक्त समय नआउन्जेल सम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिइ नसकेको स्पष्ट परे ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा पार्टी सभापति रवि लामिछानेले जानकारी गराउनु भएको सहमहामन्त्री बुर्लाकोटीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij