
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल गर्न सोमबार ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
पार्टी कार्यालय बसुन्धारामा बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने नेता दीपक बोहराले जानकारी दिए । रास्वपाले अहिलेसम्म राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर निर्णय लिएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij