Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सन्दीपको पेशी भोलिका लागि तोकियो

सन्दीपको पेशी भोलिका लागि तोकियो

  • काठमाडौं। सर्वोच्च अदालतले सन्दीप लामिछानेको मुद्दाको पेशी शुक्रबार (भोलि)का लागि तोकेको छ । लामिछानेले आज सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी शुक्रबारका लागि तोकेको हो ।

    images
    images
    images

    नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका हुन् । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

    एक दिवसीय मान्यता जोगाइराख्न संघर्षरत नेपालले केही समयपछि युएईमा हुने क्रिकेट खेल्न सन्दीप जान नमिल्ने भएपछि उनले सर्वोच्चमा  निवेदन दिएका हुन् । उक्त निवेदनको शुक्रबार पेशी तोकिएको सर्वोच्चले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij