
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टुअन्तर्गत युएई र पीएनजीविरुद्धको सिरिजका मा लागि यूएई जान सन्दीप लामिछाने अनुमति माग्दै सर्वोच्च अदालत पुगेका छन् ।
उच्च अदालतले यात्रा प्रतिबन्ध गरेको कारण सन्दिप युएई जाने टीममा परेका छैनन् । सोही प्रतिबन्ध फुकुवाका लागि सन्दीपले बिहीबार सर्वोच्चमा निवेदन दिएका हुन् । सन्दिपले युएइ जानका लागि अनुमति माग्दै सर्वाेच्चमा निवेदन दिएको उनका वकिल सरोजकृष्ण घिमिरेले पुष्टि गरे ।
नेपाल-यूएई र पीएनजीबीच आगामी साता यूएईमा सिरिज हुँदैछ । एकदिवसीय वरीयता जोगाउनका लागि पनि उक्त सिरिज नेपालका लागि निकै महत्त्वपूर्ण छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij