Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नेपालको पहिलो रक गायक खड्काको निधन

नेपालको पहिलो रक गायक खड्काको निधन

  • काठमाडौँ । नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको निधन भएको छ । ६९ वर्षको उमेरमा बिहान आफ्नै घर ललितपुरको पुल्चोकमा उनको निधन भएको हो । 

    उनी नेपाली, अङ्ग्रेजी, हिन्दी गीत सङ्गीतका ज्ञाता थिए । खड्काले शास्त्रीय गायक रङ्गराव कादम्बरीबाट सङ्गीत सिक्नु भएको थियो । गायक ओमविक्रम विष्ट, अरुण थापा, दिव्य खालिङसित उनले साङ्गीतिक सहकार्य गर्नुभएको छ ।

    सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमको निर्देशकसमेत हुनुहुन्थ्यो । उहाँको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । खड्काकी श्रीमती र एक छोरा छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij